Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्को स्वतन्त्रतामाथि अनुचित हस्तक्षेप गरेको भन्दै विशेष अदालतले ध्यानाकर्षण गराएको छ ।
फैसलाको पूर्णपाठमा मन्त्रिपरिषद् र प्रधानमन्त्रीको क्षेत्राधिकारबारे लामो उल्लेख छ ।
अगाडि भनिएको छ, ‘सरकारको विकास नीति नै असफल पार्ने गरी आयोगले अनुसन्धान र अभियोजन गर्दा संविधानले परिकल्पना गरेको तीन अंगबीचको सन्तुलन खलवलिनेतर्फ आयोगले गम्भीरतापूर्वक विचार गर्नुपर्ने देखिन्छ । त्यस हदसम्मको वादी दाबीले कार्यपालिकाको स्वतन्त्रतामा नै अनुचित हस्तक्षेप हुन गएकोले सो वादी दाबीको हदसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराइन्छ ।’
ललिता निवास प्रकरणमा विशेष अदालतले गच्छदारसहित प्रतिवादी बनाइएका सबै मन्त्रिलाई सफाई दिएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij