
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । सेयर बजार बिहिबार फेरि २४ सयको लाइनमा झरेको छ । बुधबार २५ सयको लाइनमा प्रवेश गरेको बजार एकदिन पनि टिक्न सकेन । यस दिन ३६.५९ अंकले बजार घटेर २४८२.९८ विन्दुमा आइपुगेको छ । ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
उत्पादन तथ प्रशोधन र ट्रेडिङ समूह बाहेक सबै समुह ओरालो लागेको छ । आजको कारोबारमा ३२२ कम्पनी सामेल थिए । कारोबार रकमका आधारमा अपि पावर कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ ।
यस कम्पनीको मात्र ४७ करोड ९९ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो । पछिल्लो समय सेयर बजारमा निरन्तर ओरालो लागिरहेको छ । कुनै समय करिब ३० अर्बको कारोबार हुने नेप्सेको कारोबार अहिले ४ अर्बमा झरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij