Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

निगमले पाँच ठाउँबाट टिकट बिक्री गर्ने !

निगमले पाँच ठाउँबाट टिकट बिक्री गर्ने !

  • काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौँसहित पाँच स्थानबाट अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने भएको छ । 

    images
    images
    images

    निगमका प्रवक्ता रमेश पौडेलका अनुसार हाल काठमाडौँ र भैरहवाबाट मात्रै अन्तर्राष्ट्रिय टिकट बिक्री हुँदै गरेको अब थप तीन ठाउँबाट अन्तर्राष्ट्रियतर्फको टिकट लिन सकिने छ ।

    यसअघि अनलाइनबाहेक काठमाडौँ र भैरहवाबाट मात्रै अन्तर्राष्ट्रियतर्फको टिकट बिक्री हुँदै आएको थियो, अब यात्रुको सहजताका लागि विराटनगर, पोखरा र नेपालगन्जबाट पनि अन्तर्राष्ट्रिय उडानका टिकट बिक्री सुरु हुने उहाँले बताउनुभयो ।

    बडादसैँ, तिहार तथा छठ पर्व जस्ता चाडपर्वको समयमा यात्रुको सहजताका लागि ती स्थानबाट टिकट बिक्रीको व्यवस्था मिलाएको उहाँले बताउनुभयो । चाडपर्वपश्चात् पनि विराटनगर, पोखरा र नेपालगन्ज कार्यालयबाट टिकट वितरण गर्ने गरी व्यवस्था मिलाइने उहाँले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij