Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

नेप्सेमा ६ कम्पनीको २ करोड ४२ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ?

नेप्सेमा ६ कम्पनीको २ करोड ४२ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ?

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ करोड ४२ लाख ७१ हजार ६३८.४० कित्ता शेयर सूचीकृत भएको छ । नेप्सेमा भदौ महिनामा ६ कम्पनीको कुल २ करोड ४२ लाख ७१ हजार ६३८.४० कित्ता शेयर सूचीकृत भएको हो । 

    images
    images
    images

    सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ , मैलुङ्ग खोला जलविद्युन कम्पनीको,सिईडिबि हाइड्रोपावर र नेपाल रिइन्स्योरेन्स कम्पनीको बोनस शेयर ,हाइड्रोइलेक्ट्रीसिटी र वेष्ट फाइनान्सको हकप्रद शेयर सूचीकृत भएको हो । 

    कुन कम्पनीको कति ?

    सूर्योदय वोमी लघुवित्तको ४६ हजार ७२९ दशमलव ५५ कित्ता एफपीओ सूचीकृत भएको हो । त्यस्तै मैलुङ्ग खोला जलविद्युत कम्पनीको ८१ हजार ७६८ दशमलव २४ कित्ता, सिईडिबी हाइड्रोपावरको ९ लाख २३ हजार ३५१ कित्ता र नेपाल रिइन्स्योरेन्स कम्पनीको ६० लाख ८६ हजार ४३३ दशमलव २८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

    त्यस्तै हाइड्रोइलेक्ट्रीसिटीको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता र वेष्ट फाइनान्सको ३ लाख ५६ हजार ७४ दशमलव ५७ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij