Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

सल्यान बोलेरो जीप दुर्घटनामा परी दुई जनाको मृत्यु

सल्यान बोलेरो जीप दुर्घटनामा परी दुई जनाको मृत्यु

  • काठमाडौं । सल्यानमा बोलेरो जीप दुर्घटनामा परी घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    त्रिवेणी गाउँपालिका-४ फलाबाङ्गबाट लुहाम बजार जाँदै गरेको रा १ च १०४३ नम्बरको बोलेरो जीप सोमबार बेलुकी पुतली दरबार नजिकै दुर्घटना भएको थियो ।

    घटनामा घाइते भएका ५५ वर्षीय टोपबहादुर साहु र लाली रावतको मृत्यु उपचारको क्रममा मृत्यु भएको हो । 

    साहुको जिल्ला अस्पताल सल्यानमा र लाली रावतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रनि रेसमबहादुर खत्रीले जानकारी दिए ।

    घटनामा त्रिवेणी गाउँपालिका-३ घर भएका चालक २८ वर्षीय कमल रेउले, वडा नं ४ का वर्ष ५५ का टोपबहादुर साहु, वर्ष ५५ की लाली रावत, वर्षका ४० की पूर्णकला बस्नेत, वर्ष २९ का रबिन्स महतरा घाइते भएका थिए ।

    उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार भइरहेको छ । सडक बिग्रेकाले जीप अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij