
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । अन्तत सरकारी कार्यालयमा शेयर कारोबार नहुने गरी टीएमएस बन्द गरिने भएको छ । अबदेखि देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्न पाइने छैन ।
सिंहदरबारभित्र शेयर कारोबार रोक्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र पठाएको थियो । सोही पत्रको आधारमा प्रधानमन्त्री कार्यालयले मंगलबार सबै सरकारी कार्यालयमा टिएमएस नचल्ने बनाउँन निर्देशन दिएको छ ।
सिंहदरबारका कर्मचारी कार्यालय समयमा काम छाडेर सेयर कारोबारमा व्यस्त हुने गरेको उजुरीपछि अख्तियारले अनुगमन गरेको थियो । अनुगमनमा पनि उजुरी गरेको जस्तै अवस्था देखिएपछि अख्तियारले पत्र काटेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij