
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । सशस्त्र प्रहरीले सुनसरी सिसौलीघाटबाट करिब २ सय ४५ के.जी गाँजा बरामद गरेको छ ।
सप्तकोशी नदी हुँदै उत्तरबाट दक्षिणतर्फ गाडीको ट्युबमा बाँधेर ल्याउँदै गरेको ८ बोरा गाँजा र ३ थान ट्युब सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश चतरा र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो ।
बरामद गाँजा र ट्युब आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij