
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौ । सिंहदरबारभित्र शेयर कारोबार रोक्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र पठाएको छ । सिंहदरबारका कर्मचारी कार्यालय समयमा काम छाडेर शेयर कारोबारमा व्यस्त हुने गरेको उजुरीपछि अख्तियारले अनुगमन गरेको थियो ।
अब के कसरी बन्द गराउने भन्ने विषयमा छलफल भइरहेको र एक-दुईदिनभित्रै केही निर्णय हुन सक्ने आचार्यले बताए । शेयर कारोबार हुने सबै टीएमएस सिंहदरबारभित्रका कम्प्युटरबाट चल्न नमिल्ने बनाउन लागिएको स्रोत बताउँछ ।
कार्यालयको काम नै छाडेर व्यक्तिगत प्रयोजनमा सरकारी स्रोतसाधनको दुरुपयोग भएपछि नियामक निकायले चासो राखेको बताइन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij