
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । सप्तरीका प्रमुख प्रशासकीय अधिकृतसहित ११ जना विरुद्ध भ्रष्ट्राचार मुद्दा दायर भएको छ । तिरहुत गाउँपालिका-१ देखि वडा नं. ५ सम्म सोलार बत्ती जडान गर्ने योजनामा वास्तविकताभन्दा बढी खर्च देखाएको भन्दै उनीहरू विरुद्ध मुद्दा दायर गरिएको हो ।
मुद्दा पर्नेमा सप्तरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राम नारायण साह, इन्जिनियर उग्रानन्द पाठक र सब–इन्जिनियर जागेश्वर मण्डल, तत्कालीन गाउँपालिका उपाध्यक्ष, योजना अनुगमन समितिको संयोजक लगायत सदस्यहरू रहेका छन् ।
त्यस्तै, उपभोक्ता समितिका अध्यक्ष, सचिव, कोषाध्यक्ष रहेका छन् । उनीहरूले आ.व. २०७४/०७५ मा तिरहुत गाउँपालिकाको वडा नं. १ देखि ५ सम्म सोलार बत्ती खरिद तथा जडान कार्यमा कम काम गरी बढी काम गरेको देखाउँदै ६ लाख ४५ हजार ६६५ रुपैयाँ बढी भुक्तानी लिएको अख्तियारले जनाएको छ ।
उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को देहाय (ग) र (ङ) साथै, दफा ८ को उपदफा ४ बमोजिमको कसुरमा बिगो ६ लाख ४५ हजार ६६५ रुपैयाँ तोकिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij