
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । काठमाडौंको सुन्दरीजलमा मृत भेटिएकी महिलाको हत्या भएको खुलेको छ । प्रहरीले महिलाको हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोषराम महरा रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।
सुन्दरीजलस्थित ढुंगाको चेपभित्र शंकास्पद अवस्थामा बिहीबार महिलाको शव फेला परेको थियो । उनी मजदुरी गरेर गुजारा चलाउँदै आएकी महिला रहेको प्रहरीले जनाएको छ ।
उनले भने, ‘सुरुमा नामसहितका विवरण नखुले पनि प्राविधिक पक्ष र मानवीय सूचनाहरुको विश्लेषण गरेर अनुसन्धान गर्दै जाँदा संलग्न व्यक्तिहरु शनिबार बसुन्धारा क्षेत्रबाट पक्राउ परेका हुन्, उनी सिराहाकी राम दुलारी भएको भन्ने बुझिएको छ ।’ यद्यपि, हालसम्म उनको परिवार तथा आफन्त सम्पर्कमा आएका छैनन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij