Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

प्रहरीले विमानस्थलमा यात्रुले लगाएको खादा थुत्न खोजे...!

प्रहरीले विमानस्थलमा यात्रुले लगाएको खादा थुत्न खोजे...!

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश उड्न लागेका एक यात्रुमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएको छ।

    सुरक्षा जाँचमा खटिएका प्रहरीले यात्रुले लगाएको खादा थुत्न खोजेको देखिन्छ । त्यसपछि यात्रु आफैले खादा खोल्छन् । सुन्दर गैरे सुन्दर फेन्स नामको फेसबुक अकाउन्टमा हालिएको भिडियो अहिले भाइरल भइरहेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीका निमित्त प्रमुख डम्बर बहादुर विश्वकर्माले घटनाबारे बुझ्ने काम भइरहेको बताए । ‘हामीले पनि यस विषयमा हिजो मात्र थाहा पायौँ । आज एक बजे मैले बैठक बोलाएको छु’, एसएसपी विश्वकर्माले भने ।

    विश्वकर्माका अनुसार यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिपार्चरबाट भित्र प्रवेश गर्दा खादाहरू लैजान पाउँदैनन् । विगतमा माइकिङ गरेरै यात्रुलाई जानकारी दिने गरिन्थ्यो ।

     

    ‘केही समय यता माइकिङ गर्ने काम बन्द भएको छ। प्रहरी आफैले आग्रह गर्दै भित्र नलैजान भन्छ’, विश्वकर्माले भने।

    उनले यात्रुलाई असल व्यवहार गर्न र आफ्नो व्यवहारमा सुधार गर्ने निर्देशन दिइएको बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij