Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

अन्ततः प्रकाश मोक्तानलाई घरमै लगेर दिइयो नागरिकता

अन्ततः प्रकाश मोक्तानलाई घरमै लगेर दिइयो नागरिकता

  • काठमाडौं । प्रकाश तामाङ ‘काले’ ले नागरिकता प्रमाण पत्र पाएका छन् ।

    आइतबार प्रशासनका अधिकारीले प्रकाशलाई उनको घर भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) मा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् । ‘हेर्ने कथा’ मार्फत भेटिएका प्रकाशलाई उनको बुवा(आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिइएको छ ।

    षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदास, वडा अध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालय प्रमुख बिनोद ज्ञावली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईंको उपस्थितमा प्रकाशलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij