
Apr 01 2025 | २०८१, चैत १९ गते
काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बविन शर्मा (बासुदेव शर्मा) लाई पितृशोक परेको छ । शर्माका पिता लिलाध्वज स्वारको गएराति उनको निवास भक्तपुरमा निधन भएको हो । वि.स. २००० माघ १९ गते जन्मिएका शर्माका पिता विगत १६ महिनादेखि मेरुदण्डको पक्षघातका कारण ओछ्यान परेका थिए ।
लडेर मेरुदण्ड भाँचिएका स्वारको सिभिल सर्भिस अस्पताल बानेश्वरमा शल्यक्रिया गरिएको थियो भने त्यस लगत्तै स्वारलाई काभ्रेपलान्चोकको साँगास्थित स्पाइनल इन्जुरी रिहाविटेशन सेन्टरमा डेढ महिना राखिएको थियो ।
पछिल्लो चरणमा घरमै आराम गरिरहेका स्वारको स्वास्थ क्रमशः कमजोर बन्दै गएको थियो । उनको आईतबार विहान पशुपति आर्यघाटको विद्युतीय शव दहन गृहमा अन्तिम संस्कार गरिने परिवारका सदस्यले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij