
Apr 10 2025 | २०८१, चैत २८ गते
काडमाडौं । कोटेश्वरस्थित कमलामाई खाजाघर एण्ड गेष्ट हाउसका मालिकहरु नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ परेका छन् ।
कमलामाई खाजाघर एण्ड गेस्ट हाउसका संचालक रामेछाप घर भएका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमला माई घर भएका ४२ वर्षीय राजु साही रहेका छन् ।
खड्गी समेतले सञ्चालन गरेको उक्त गेष्टहाउसमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले गेष्टहाउसबाट ५ जना बालिकाहरूलाई उद्दार समेत गरेको छ ।
उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij