Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

एक करोड भन्दा बढीको बरामद सुनचाँदी सार्वजनिक !

एक करोड भन्दा बढीको बरामद सुनचाँदी सार्वजनिक !

  • काठमाडौं । प्रहरीले बरामद गरेको अवैध सुनचाँदी आज सार्वजनिक गरेको छ । करिब ३५ तोला सुन, १० किलो ६१३ ग्राम चाँदी, एउटा गाडीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

    images
    images
    images

    नेपालगञ्ज उपमहानगरपालिका–११ बिपी चोक आसपासमा अवैध सुनचाँदीको अवैध कारोबार भइरहेको सूचनाका आधारमा जाँच गर्ने क्रममा उक्त परिणामको अवैध सुनचाँदीसहित चार जनालाई पक्राउ गरिएको हो । वडा नं २ स्थित महेश मुराउले सञ्चालन गरेको पशुपति सुनचाँदी रिफाइन कारखानाबाट केही सुनचाँदी बरामद भएको बताइएको छ । बरामद भएको सुनचाँदी र सवारी साधनसहित एक करोड पाँच लाख ३३ हजार चार सय ४७ मूल्य बराबरको भएको प्रहरीले जनाएको छ ।

    बर्दियाको राजापुर नगरपालिका–८ बस्ने ४० वर्षीय नेपाली थारुले चलाएको प्रदेश ०३०१०२४ च ६७६३ नं को कारमा सवार रहेका राजापुर नगरपालिका ४ बस्ने ४२ वर्षीय नीमप्रकाश सुनार, नेपालगञ्ज–१९ निवासी २१ वर्षीय राहुल सुनार, बाँकेको राप्तीसोनारी–४ बस्ने २४ वर्षीय ओमजङ्ग चौधरी प्रक्राउ परेको प्रहरीले जनाएको छ । बरामद सुनचाँदी र गाडीलाई राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा बुझाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij