Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

कोशी प्रदेशमा मन्त्रालय थपिँदैन : मुख्यमन्त्री कार्की

कोशी प्रदेशमा मन्त्रालय थपिँदैन : मुख्यमन्त्री कार्की

  • काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालय नबढाउने बताएका छन् । आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकार विस्तार गर्दा कोशी प्रदेशमा मन्त्रालय नबढाउने बताएका हुन् । 

    images
    images
    images

    कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अघि मन्त्रालय नफुटाउने भनेर कुरा गरिसकेको जानकारी दिँदै प्रदेशस्तरमा पनि कांग्रेसका नेताहरूसँग मन्त्रालय नफुटाउने कुराकानी भएको बताए ।

    उनले भने, ‘हामी मन्त्रालय बढाउँदैनौँ, अहिले भएकै मन्त्रालयमा मुख्यमन्त्रीसहित एमालेले ५ र कांग्रेसले ४ मन्त्रालय लिन्छ ।’ 

    मुख्यमन्त्री कार्कीले एक दुई दिनभित्रैमा मन्त्रिपरिषद् बिस्तार हुने जानकारी दिए । कांग्रेसले नाम दिने बित्तिकै मन्त्रिपरिषद् बिस्तार हुने उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij