Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

उत्साहजनक रुपमा पाटनमा मनाइयो गाईजात्रा !

उत्साहजनक रुपमा पाटनमा मनाइयो गाईजात्रा !

  • काठमाडौं । ललितपुरको पाटनमा उत्साहजनक रुपमा गाईजात्रा पर्व मनाइएको छ । आज विहान पाटन,सुनाकोठी, हरिसिद्धि, चापागाँउ र ठेचोमा जाइजात्रा निकालिएको हो ।

    भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिनसम्म गाईजात्रा मनाउने चलन रहेको छ । झाँकी सहित ललितपुरको पाटन दरवारपरिसरबाट सुरु भएको गाईजात्रामा गाई र मानिसलाई गाईका रूपमा सिँगारी बस्ती घुमाइएको थियो ।

    पाटन परिक्रमा गर्ने क्रममा श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरेका थिए । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रही आएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij