Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

नेवार समुदायले काठमाडौंमा गाईजात्रा मनाउदै !

नेवार समुदायले काठमाडौंमा गाईजात्रा मनाउदै !

  • काठमाडौं । काठमाडौंका नेवार समुदायले गाईजात्रा पर्व मनाएका छन् ।

    एक वर्षभरि दिवंगत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व काठमाडौंको वसन्तपुरमा मनाइएको हो ।

    दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ । यसो गर्दा मृत व्यक्तिको आत्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।

    काठमाडौं उपत्यकालगायत मूख्य रुपमा नेवार समुदायको बाक्लो बस्ती रहेका शहरहरु बनेपा, धुलिखेल, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौंडा, पोखरा, तानसेनमा पनि यो पर्व मनाइन्छ । गाईजात्रा पर्व मनाउन सरकारले मंगलबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij