Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

बिपीनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्रीको विशेष आग्रह

बिपीनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्रीको विशेष आग्रह

  • काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले शुक्रबार शिष्टाचार भेट गरेका छन् ।

    images
    images
    images

    सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखक र राजदूत अन्सारी द्विपक्षीय हित र चासोबारे छलफल भएको थियो ।

    भेटमा गृहमन्त्री लेखकले हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि आवश्यक सहयोग गरिदिन राजदूत अलान्सारीलाई विशेष आग्रह गरे ।

    त्यसका साथै कतारमा रहेका नेपाली कामदारलाई २४ घण्टा नै बीमाको व्यवस्था तथा कतारमा रही मृत्यु एवं घाइते भएका नेपालीको राहत र उद्धारमा जोड दिँदै उनले विभिन्न जेलमा सजाय भोगिरहेका नेपाली नागरिकलाई आममाफी तथा सजाय छुट व्यवस्था मिलाइदिन आग्रह गरे । सीमापार हुने आर्थिक अपराध नियन्त्रणका विषयमा नेपाल र कतारबीच सहकार्य बढाउनेपर्नेमा मन्त्री लेखकले जोड दिए ।

    त्यसैगरी राजदूत अन्सारीले बिपीन जोशीको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको जानकारी दिए । उनले कतारको विकासमा नेपालीले गरेको सहयोगको प्रशंसा गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij