
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । बिहीबार भएको जीप दुर्घटनामा गाउँसभा सदस्यसहित तीन जनाको मृत्यु भएपछि गोलन्जोर गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।
बिहीबार बिहान सवा ९ बजेतिर, कमलामाई नगरपालिका–२, चियाबारी नजिक बीपी राजमार्गमा, गोलञ्जोरबाट सिन्धुलीतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा गोलन्जोर गाउँपालिका ६ का निर्वाचित वडा तथा गाउँसभा सदस्य उदय बहादुर मस्राङ्गीसहित तिन जनाको मृत्यु भएको थियो ।
गाउँपालिकाले एक सूचना जारी गर्दै शुक्रबार गाउँपालिका मातहतका सबै कार्यालयहरूमा शोक बिदा दिएको जनाएको छ ।
दुर्घटनामा गोलन्जोर गाउँपालिका-६ का वडा सदस्य वर्ष ४५ का उदय बहादुर मश्राङ्गी मगर, उनका नातेदार वर्ष ३५ का पवन मस्राङ्गी मगर र सोही वडाको हैबार बस्ने वर्ष ४२ का पृथ्वी भुजेलको मृत्यु भएको र ११ जना घाइते भएको दुःखद घडीमा गाउँपालिकाले शुक्रबार एक दिन शोक बिदा दिने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार) ले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij