
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग विदाई भेटवार्ता गरेकी छिन् ।
नेपालमा आफ्नो कार्यकाल सकाएर स्वदेश फर्किनुअघि राजदूत भोल्कले विभिन्न दलका नेताहरु र सरकारका उच्च पदस्थहरुसँग विदाई भेटवार्ता गरिरहेकी छिन् ।
सोही सिलसिलामा उनले आज कांग्रेस सभापति देउवासँग पनि विदाई भेटवार्ता गरेकी हुन् । सो क्रममा उनले देउवाको प्रधानमन्त्रीत्व कार्यकालको पनि सम्झना गरेकी छिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij