
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । गएराति उपचारका क्रममा न्यायाधीश रेग्मीको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो ।
न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको न्यायाधीश समाज नेपालका कार्यालय सचिव राजु श्रेष्ठले जानकारी दिए । पर्वत स्थायी घर भएका न्यायाधीश रेग्मी ६१ वर्षका थिए । उनको अहिले केहीबेरमा पशुपति आर्यघाटमा अन्त्येष्टि हुने परिवारले जनाएको छ । न्यायाधीश श्रेष्ठका श्रीमती र छोरी छन् ।
न्याय सेवा हुँदै रेग्मी न्यायाधीश बनेका थिए। न्याय सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च अदालतका न्यायाधीश बनेका थिए ।
उच्च अदालत पाटन, हेटौँडा इजलासमा रजिस्ट्रार पदमा कार्यरत रहँदा उनी उच्च अदालत जनकपुरको न्यायाधीशमा सिफारिस भएका थिए । पछि उनी जनकपुरबाट पाटन सरुवा भएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij