
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च तहका बिचौलिया बेचन झामाथि अनुसन्धान पूरा गरी मुद्दा दायर भएको छ। प्रहरी प्रतिवेदनका अनुसार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
उनीविरुद्ध ठगी, लिखत किर्ते, संगठित र राज्यविरुद्धको अपराध कसुरमा मुद्दा दायर गरिएको छ। गत १४ असारमा झालाई प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि यसमा संलग्न थप उच्च तहका व्यक्तिहरूको संलग्नता खुल्ने बताइए पनि त्यसमा प्रहरी असफल भयो। झाले प्रहरीमा इन्कारी बयान दिएका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij