Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

‘ग्रिन कार्ड’को प्रलोभनमा पारी मानव बेचबिखन , एक जना पक्राउ

‘ग्रिन कार्ड’को प्रलोभनमा पारी मानव बेचबिखन , एक जना पक्राउ

  • काठमाडौं । ‘ग्रिन कार्ड’को प्रलोभनमा पारी मरिसस पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा झापाका ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    पीडितले गत असार २० गते नेपाल फर्किएर उजुरी दिएपश्चात् मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलले न्यौपानेलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ गौरीघाटबाट पक्राउ गरेको हो ।

    न्यौपानेले मासिक ७० हजार रुपैयाँ तलबमा ‘कुक’को काम लगाइदिने तथा काम गरेको केही समयपछि ‘ग्रिन कार्ड’ पाइने भनी प्रलोभन देखाई मरिसस पुर्‍याएको पीडितको उजुरीमा उल्लेख छ ।

    पीडितबाट २ लाख ५० हजार रुपैयाँ लिई विसं २०८० मंसिर १३ गते भारतको नयाँ दिल्ली हुँदै मरिसस पुर्‍याई मरिसियाली नागरिकको जिम्मा लगाई दैनिक १७/१८ घण्टा घरको काम लगाई समयमा खान र तलबसमेत नदिई चरम श्रम तथा यौनशोषण गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

    अभियुक्त न्यौपानेउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थपको अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij