
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । कोठामा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-८ गौरिघाटस्थित काभ्रे बनेपा नगरपालिका-१२ घर भएका ४१ वर्षीय राजु महतको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७० हजार रूपैयाँ र १६ बुक तास सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij