
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । अवैध रूपमा ठूलो परिमाणको विदेशी मुद्रासहित थाइल्यान्ड जान लागेका तीन युवालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । उनीहरूलाई थाई एयरवेजको जहाजमा काठमाडौंबाट बैंकक जान लागेका त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्दा विभिन्न विदेशी मुद्रासहित पक्राउ गरिएको हो।
काठमाडौं महानगरपालिका-२२ घर भएका ४६ वर्षीय महेश मान महर्जन, टोखा नगरपालिका-१० घर भएका ४९ वर्षीय मानव आचार्य र काठमाडौं महानगरपालिका-१४ घर भएका ३० वर्षीय दिपेश भुषाल रहेको प्रहरीले जनाएको छ ।
उनीहरूमध्ये महेश मानको साथबाट युरो १६ हजार ५ सय ५० र क्यानेडियन डलर १० हजार ९ सय बरामद भएको छ । मानव आचार्यको साथबाट युरो ८ हजार ९ सय ५० र थाई भाट ३ हजार ६ सय ६० बरामद भएको प्रहरीले जनाएको छ ।
उता दीपेश भुषालको साथबाट युरो १३ हजार ४ सय, स्विस फ्रान्क २ हजार ४ सय, क्यानेडियन डलर ४ हजार ५ सय, साउदी रियाल १९ हजार, थाई भाट २ हजार र जापनिज येन ४ लाख ९० हजार बरामद भएको छ । ।
आवश्यक अनुसन्धान तथा कारवाहीको लागि उनीहरूलाई राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij