Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

देशका अधिकांश भूभागमा वर्षा : ३४ जिल्लामा खतराको चेतावनी

देशका अधिकांश भूभागमा वर्षा : ३४ जिल्लामा खतराको चेतावनी

  • काठमाडौं । उपत्यकासहित देशका अधिकांश भूभागमा गएरातिदेखि नै ठूलो पानी परिरहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सर्ने क्रम रहेकाले विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images

    यो क्रम बुधबारसम्म नै चल्ने भन्दै महाशाखाले ३४ जिल्लामा खतराको चेतावनी अर्थात् ‘रेड अलर्ट’ जारी गरेको छ । गएराति ८ बजेदेखि अहिले बिहान ७ बजेसम्म सप्तरीमा सबैभन्दा धेरै १८५.८ मिलिमिलिटर वर्षामापन भएको छ ।

    यस्तै सिन्धुपाल्चोकमा १०४.८ मिलिमिटर र चितवनमा १०१.६ मिलिमिटर वर्षा मापन भएको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । उनकाअनुसार (आज) मंगलबार दिउँसो पनि कर्णालीबाहेक सबै प्रदेशमा भारी वर्षाको अनुमान गरिएको छ ।

    यस्तै राति पनि काठमाडौं उपत्यकाका केही स्थानसहित देशका सबै भुभागमा भारी वर्षाको अनुमान गरिएको मौसमविद पुडासैनीले बताए । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वर्षाका कारण बाढी र पहिरोको उच्च जोखिममा रहेका जिल्लामा कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुम देखिन्छ भने बागमती प्रदेशमा रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवकमोट र दोलखा छन् ।

    गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा छन् भने लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान र अर्घाखाँची उच्च जोखिममा छन् । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी वर्षाको उच्च जोखिममा रहेको विभागले जनाएको छ ।

    रातिको समयमा मनसुन बढी सक्रिय भई पानी धेरै पर्ने सम्भावना रहेकाले दुई दिन उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ । काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा भारी वर्षा भइरहेको छ। काठमाडौँसहित देशका ६३ जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij