Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

भत्ता लिन वडा कार्यालयबाटै बैंक खाता खोल्दै लाभग्राही

भत्ता लिन वडा कार्यालयबाटै बैंक खाता खोल्दै लाभग्राही

  • बनेपा । चौरीदेउराली गाउँपालिका–३ माझिफेदाका ७५ वर्षीय साइलीमाया तामाङले घर नजीकै रहेको वडा कार्यालयमा सोमबार पहिलोपटक बैंक खाता खोल्नुभयो ।

    onlinepatrika
    Arghakhachi

    ज्येष्ठ नागरिक र अशक्तहरुको सामाजिक सुरक्षा भत्ता वितरणका लागि सरकारले बैंक खाता खोल्न अनिवार्य बनाएपछि जिल्लाको कोशीपारि क्षेत्रका वडा कार्यालयले वडामा नै खाता खोल्न व्यवस्था मिलाएको हो । “म हिँडेर बैंकको कार्यालयमा पुग्न ३ घण्टाभन्दा पनि धेरै समय लाग्छ”, उहाँले भन्नुभयो, “वडा कार्यालयमा नै खाता खोल्न पाउने सुविधा वडाध्यक्षले व्यवस्था मिलाएपछि खुशी लाग्यो ।”

    AGNI GROUP

    अर्का ८० वर्षीय जमान सिं तामाङ पनि बैंकमार्फत मात्रै भत्ता आउने भएपछि बैंकमा खाता खोल्न वडा कार्यालय पुग्नुभयो । पहिला–पहिला वडाध्यक्ष र सचिवले घरघरमै पु¥याउने गरेको भए पनि अब बैंकबाट नै भत्ता दिने भएपछि वडा कार्यालयमा पुगेर खाता खोल्न लागेको उहाँले बताउनुभयो ।

    ग्रामीण भेगका ज्येष्ठ नागरिक तामाङ त एउटा उदाहरण मात्रै हुन् । यसरी भौगोलिक विकटतासँगै यातायातको सुविधा नभएका ग्रामीण भेगका ज्येष्ठ नागरिक, अशक्त व्यक्तिहरुका लागि टाढाको बैंक रहेको शाखा कार्यालयसम्म पुग्न निकै समस्या झेल्नुपर्ने बाध्यता छ । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका–३, माझीफेदाले वडा कार्यालयमा नै खाता खोल्ने वातावरण बनाएको छ । 

    सामाजिक सुरक्षा भत्ता वितरण गर्न लाभग्राहीको बैंक खाता खोल्न ग्रामीण भेगका लाभग्राहीलाई असहज भएका कारण एनसिसी बैंक, कात्तिके देउराली शाखासँग समन्वय गरेर वडामा नै खाता खोल्ने वातावरण मिलाएको वडाध्यक्ष विनोद घिसिङले बताउनुभयो । पूर्ण अपाङ्ग, अपाङ्ग, ज्येष्ठ नागरिक, एकल महिलालाई वडाबाट बैंकको कार्यालय पुग्न हिँडेर कम्तीमा ३ घण्टा लाग्ने भएपछि बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न ग्रामीण क्षेत्रमा कठिन भएको वडाध्यक्ष घिसिङले बताउनुभयो । “गाउँका ज्येष्ठ नागरिक, शारीरिक अशक्त, एकल महिलालाई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने नीति त आयो तर उहाँहरु बैंकमा पुग्न सक्ने अवस्था नै छैन”, उहाँले भन्नुभयो, “जनताका लागि गाउँगाउँमा सिंहदरबार आएको अनुभूति पनि गराउन जनताको समस्या हामीले नबुझे कसले बुझ्ने भन्ने हेतुका साथ सो सेवा प्रदान गरेका हौँ ।” जनताको समस्या देखेर नै वडा कार्यालयमा खाता खोल्ने वातावरण मिलाएको उहाँले बताउनुभयो । 

    खाता खोल्नका लागि तीन दिनसम्म सेवा प्रदान गर्ने उहाँले बताउनुभयो । खाता खोल्न शुरु गरेको पहिलो दिन सोमबार मात्रै १५० भन्दा बढीको खाता खोलिसकेको उहाँले बताउनुभयो । ३ नं वडामा सामाजिक सुरक्षा भत्ताका लाभग्राही ३८६ जना रहेको वडाध्यक्ष घिसिङले जानकारी दिनुभयो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij