Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

स्थानीय संस्कृति तथा रीतिरिवाजको बजारीकरण र सम्बर्धन गर्न भित्ते चित्र

स्थानीय संस्कृति तथा रीतिरिवाजको बजारीकरण र सम्बर्धन गर्न भित्ते चित्र

  • पार्वती साउद
    काठमाडौं । कुनै समय कुरूप देखिने भक्तपुरका भित्तामा अहिले भने आकर्षक आकृतिहरू कोरिएका छन् । यसले सोही बाटो भएर यात्रा गर्ने यात्रुहरुको आँखालाई आनन्द मात्रै होइन, भक्तपुरको परम्परागत संस्कृतिबारे जानकारी दिन पनि सकिन्छ ।

    onlinepatrika
    Arghakhachi

    भक्तपुरअन्तर्गत अरनिको राजमार्गमा देखिने आकाशे पुलको भित्तामा परम्परा झल्किने रङ्गीन चित्रले भरीभराउ देखिन्छन् । आकाशेपुरमुनीका खाली भित्तामा केही महिना पहिले विभिन्न विज्ञापनमूलक, नारा, पर्चालगायतका प्रचार प्रसार तथा शब्दहरू कोरिएको देखिन्थ्यो । जसले गर्दा भक्तपुरको मुख्य सडक कुरूप देखिने गरेको थियो ।

    AGNI GROUP

    मध्यपुर थिमि नगरपालिकाले केही समयअघि मात्रै आर्टशाला नेपालसँग सहकार्य गरी पुलका पर्खालमा मध्यपुरमा भएका संस्कृति झल्किने चित्रहरू बनाएको आर्टशाला नेपालका संस्थापक अध्यक्ष सुन्दर बिष्टले अनलाईक पत्रिकालाई जानकारी दिए । नगरपालिकाको शहर सौन्दर्यीकरण कार्यक्रमअन्तर्गत ७/८ जनाको सहयोगमा चित्र बनाएको उनले सुनाए। पाँच वटा पुलका भित्री भित्तामा चित्र कोर्नका लागि कलाकारलाई करीब ८/९ दिन लागेको थियो । 

    मध्यपुर ठिमी अन्तर्गत चारदोबाटोसम्मको पाँच वटा आकाशे पुलमा चित्र कोर्ने कार्य गत चैत्र ११ गतेदेखि शुरु गरिएको उनको भनाई छ। बिहानदेखि बेलुकासम्म काम गरे पनि भौगोलिक अवस्थाका कारण सोचेभन्दा बढी समय लागेको उनी बताउँछन् ।

    download.jpg

    उनकाअनुसार  ‘मध्यपुर थिमिको स्थानीय कला झल्कने, जात्रा, चाडपर्व भेषभूषालाई बढी स्थान दिइएको छ,’ । यसरी आकाशे पुलमा चित्र बनाउँदै बजारको सुन्दरता मात्रै नभएर स्थानीय संस्कृति, उत्पादन तथा रीतिरिवाजको बजारीकरण र सम्बर्धन गर्न सहज हुने उनले सुनाए ।

    ‘चित्रबाट मध्यपुर ठिमीको परम्परा झल्कने स्थानीय संस्कृतिको बारेमा चित्र कोर्दा जीवन्त पाउने तथा आय आर्जन हुने भएकोले स्थानीय सरकारसंगको सहकार्यमा सो कार्य गरेको उनको भनाइ छ । 

    नगरपालिकाले आकाशे पुलमा भक्तपुरका बिस्का जात्रा, जिब्रो छेड्ने जात्रा, चिउरा कुट्ने, माटोको भाँडो बनाउने, लाखे नाच, पूजालगायत विभिन्न पक्ष समेटेर चित्र बनाएको छ ।

    पछिल्लो समय मध्यपुर थिमि नगरपालिकासँगै काठमाडौं महानगरपालिकाले पनि सडकको भित्तामा भित्तेचित्र बनाउँदै आएको छ । स्थानीय संस्कृतिको जर्गेनासँगै नयाँ पिँढी, पर्यटकलाई सोबारे जानकारी तथा शहरी सौन्दर्यताका लागि बनाउँदै आएको हो ।

    नेपाली समुदायमा भित्तेचित्रलाई स्ट्रिट आर्टका रुपमा पनि चिनिन्छ । यद्यपि मानव सभ्यतामा भित्ते चित्रको इतिहास लामो छ । मानवहरुले ढुङ्गे युगमा नै विभिन्न गुफाका भित्ताहरुमा चित्रका माध्यमबाट नै सञ्चारसँगै सूचनाको आदानप्रदान गरेको पाइन्छ ।

    चित्र कलाकार तथा कला समीक्षकका अनुसार भित्तामा लेख्ने प्रचलन एक दशकभन्दा लामो समयदेखि नै वर्ष नेपालमा प्रचलनमा आएको देखिन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा भित्तामा लेख्ने प्रचलन बढेपछि नेपालमा पनि शुरु भएको छ ।

    भित्तेचित्रले कला तथा संस्कृति सर्वसाधारण समक्ष पनि पुगेको उनको भनाइ छ । यसले कलाकारले अवसर पनि पाउनुका साथै  नाम र दाम पनि हुने उनको भनाइ छ ।

    0f8e531b-1e3f-444d-8693-64740bb2cd8e.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट