
Apr 02 2025 | २०८१, चैत २० गते
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको २४ ओैं बैठक सम्पन्न भएको छ । बैठकमा छलफल र अन्तरक्रियाको सिलसिलामा गुण कोअपरेटिभका अध्यक्ष राजेन्द्र शाक्यले आफ्नो अनुभव सुनाएका थिए ।
२०६८ सालमा देखिएको गुण कोअपरेटिभको संकटमा बचतकर्ताको रकम फिर्ता गरेर धरासायी अवस्थाबाट पुनः उठ्न सफल भएका राजेन्द्र शाक्यले आफ्नो अनुभव सुनाए ।
उनको अनुभवमा -
१ - जसरी पनि वचतकर्ताको रकम फिर्ता गर्ने गरी इमान देखाएर नै सफल हुनुभयो।
२ - घर र अफिस छाडेर कहीँकतै भाग्नुभएन।
३ - प्रत्येक बचतकर्ता व्यक्ति भेटेर रकम फिर्ता गर्ने विश्वास प्रस्तुत गर्नुभयो।
४ - सम्पत्तिको लोभलालच नगरी बचत फिर्तामा लगाउनुभयो।
५ - बिहान ३:३० देखि राति ९:०० बजेसम्म आफै र श्रीमती भएर बचतकर्तालाई भेट्दै बचत रकम फर्काउने प्रतिबद्धता र विश्वसनीय विकल्प राख्नुभयो।
६ - सहकारीमा रहेको २२,००० शेयर सदस्यको १ अर्बभन्दा बढी बचत रकम फिर्ता गर्नुभयो।
७ - जबकि करिब ५० करोडभन्दा बढी ऋण लगानी अझै कायमै छ।
यस्ता धेरै कुरा राजेन्द्रले सुनाएपछि सकारात्मक अनुभूति भएको उपस्थित सदस्यहरुको भनाई रह्यो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij