Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

प्राध्यापकको हत्या आरोपी १७ वर्षपछि पक्राउ

प्राध्यापकको हत्या आरोपी १७ वर्षपछि पक्राउ

  • काठमाडौं। काठमाडौंको मिनभवन स्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपीलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रञ्जन खड्का छन् । २०६४ मा खड्काको समूहले तत्कालीन क्याम्पस प्रमुख  धर्मराज विष्टलाई खड्काको समूहले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

    images
    images
    images

    उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरेको छ । खड्का कोटेश्वरबाट पक्राउ परेका हुन् ।

    हत्यामा संलग्न धादिङ गंगाजमुना गाउँपालिका–७ घर भएकी सबिता थापा अधिकारी भनिने सोभिता थापा यसअघि नै पक्राउ परेकी थिइन् । हाल उनी कारागारमा छिन् ।

    २०६४ असार २६ मा ललितपुर महानगरपालिका–२२ स्थित शंखमुलमा धर्मराज विष्ट मृत भेटिएका थिए । त्यतिबेला कमर्स क्याम्पसमा स्नातक तहमा अध्ययनरत शोभिताको योजनामा हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्न सोभिताका भाइ विनोद थापा जेल सजाय काटेर २०७९ असोजमा रिहा भएका छन् । अर्का प्रतिवादी भक्तपुर लोकन्थलीका राजीव पाण्डे पनि २०७६ मा डिल्लीबजार कारागारबाट रिहा भएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij