Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सबइन्जिनियर थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर !

सबइन्जिनियर थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर !

  • काठमाडौं । पूर्वाधार विकास कार्यालय चौतारा, सिन्धुपाल्चोकका सवइन्जिनियर हिरा बाबु थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार थापाले सेवाग्राहीसँग कमिसन बापत ८० हजार रुपियाँ माग गरी उक्त कार्यालयका सुपरभाइजर नहकुल शिवाकोटी र सुम्बा शेर्पालाई रकम लिन लगाएको भन्ने आरोप लागेको छ ।

    दोलखाको विगु गाउँपालिका-३ स्थित लाकुरी डाँडा पिपल डाँडा ग्रामीण सडकको स्तरोन्नति गर्नका लागि पूर्वाधार विकास कार्यालय, चौतारा, सिन्धुपाल्चोकसँग ठेक्का सम्झौता गरी आर्थिक वर्ष २०८०/८१ मा योजनाको काम सम्पन्न गरी भुक्तानी लिने क्रममा सो रकम माग गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

    भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरू तीन जनाविरुद्ध सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij