
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । दाङमा रड प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । राजपुर गाउँपालिका निवासी ३८ वर्षीय गणेश घर्तीले श्रीमती ३८ वर्षीया वसन्ती घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले बताए ।
आइतबार राति खाना खाई सुतेकोमा सोमबार बिहान साढे ९ बजेसम्म पनि ढोका नखोलेपछि स्थानीयले इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी बेलालाई खबर गरेका थिए । त्यसपछि प्रहरी आएर ढोका खोल्दा श्रीमतीको टाउकोमा फलामको रडले हानी हत्या गरेको अवस्थामा फेला परेको थियो ।
कोठाभित्रै रहेको अवस्थामा प्रहरीले श्रीमान् गणेशलाई नियन्त्रणमा लिएको छ । घरायसी विवादका कारण घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
शवको पोस्टमार्टमका लागि लमही अस्पतालमा ल्याइएको छ । हत्या गर्न प्रयोग भएको रड पनि प्रहरीले नियन्त्रणमा राखेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij