
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरिरहेको अवस्थामा पुष्कर खतिवडा पक्राउ परेका छन् ।
प्रहरी वृत्त महाराजगन्जको टोलीले सोमबार खतिवडालाई उनकै निवासबाट पक्राउ गरेको हो । अनुष्ठानको प्रयोजन आपत्तिजनक भएकाले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
खतिवडाले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए । उनले प्रधानमन्त्री ओलीलगायत नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारी गरिरहेका थिए । तर, प्रहरीले त्यसअघि नै पक्राउ गरेको हो ।
उनले चार दिनअगाडि नै नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेको र त्यसमा सबैले साथ दिन भन्दै भिडिओ पोष्ट गरेका थिए । त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना भएलगत्तै उनले उक्त भिडिओ पोस्ट गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij