Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

स्वयम्भूबाट मोटरसाइकल चोरी, २ जना पक्राउ

स्वयम्भूबाट मोटरसाइकल चोरी, २ जना पक्राउ

  • काठमाडौं । काठमाडौँको स्वयम्भूबाट मोटरसाइकल चोरीको आरोपमा २ जना पक्राउ परेका छन् ।

    images
    images
    images

    पक्राउ पर्नेमा धादिङको गल्छी ५ रैले बस्ने २१ वर्षीय प्रकाश तामाङ र गल्छी ५ सागिने बस्ने २० वर्षीय सरोज तामाङलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो । ट्राफिक प्रहरीले प्रकाशलाई बागमती प्रदेश –०२–०३३ प २७८९ नम्बर र सरोजलाई ०२–०३७ प ८८५१ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

    पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले आइतबार जानकारी दिएका छन् । चोरीमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको समेत उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij