Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

 काठमाडौंमा ‘खुकुरी देखाई लुटपाट’, एकजना पक्राउ

 काठमाडौंमा ‘खुकुरी देखाई लुटपाट’, एकजना पक्राउ

  • काठमाडौं । काठमाडौं दहचोक क्षेत्रमा खुकुरी देखाई लुटपाट गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भई कलंकीमा बस्दै आएका ५६ वर्षीय रामबहादुर लामा छन् ।

    images
    images
    images

    दुईथान खुकुरी र गरगहनासहित शनिबार कलंकी क्षेत्रबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी नवराज अधिकारीले जानकारी दिए ।
    केही व्यक्तिको समूहले चन्द्रागिरि नगरपालिका–१, दहचोक, कालुपाँडेमा खुकुरी देखाई लुटपाट भयो भन्ने सूचना पाएपछि प्रहरी टोली खटिएको थियो ।

    एसपी अधिकारीका अनुसार, लुटपाट गरी तीनजनाको समूह नागार्जुनको हर्सनटार हुँदै कलंकीतर्फ आउँदै थियो । प्रहरीलाई देख्नासाथ उनीहरू भागेका थिए । एकजनालाई भने पक्राउ गर्न सफल भएको उनले बताए ।

    घटनाबारे थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij