Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एक महिनादेखि थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चले अस्वीकार गरेको छ ।

    images
    images
    images

    विहिबार न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्नु भनी आदेश गरेको हो ।

    थुनामा रहेका झाका छोरा दिव्यान्शु शेखर झाले गत असार ३० गते सर्वोच्चमा रिट हालेका थिए । सो रिट असार ३१ गते न्यायाधीश विनोश शर्मा र गत साउन ६ गते ढुंगानका कै इजलासमा पेशी परेको थियो । तर, आफू अनुकुलका न्यायाधीश नभएको भन्दै उनका कानून व्यवसायीले पेशी स्थगित गरेका थिए ।

    झालाई प्रहरीले गत असार १५ गते राति पक्राउ गरेको थियो । झालाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा बिचौलिया भूमिका निर्वाह गरेको आरोप छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij