
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडाैं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुको पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ । बुधबार बिहान त्रिभुवन बिमानस्थलमा नै सो बिमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।
मृतकको शवलाई पहिचानका लागि शिक्षण अस्पतालमा राखिएको छ । शुक्रबारसम्म पोष्टमार्टम गरि परिवारजनलाई शव बुझाउने तयारी गरिएको छ ।
मृतकको शवहरु पहिचान हुन नसक्ने अवस्थामा रहेको र एउटा शव पहिचान गर्न चार घण्टा लाग्ने शिक्षण अस्पतालका फरेन्सिक बिभाग प्रमुख डा गोपाल कुमार चौधरीले जानकारी दिए ।
उनले अन्य अस्पतालबाट पनि चिकित्सक मगाएर पोष्टमार्टमलाई समयमा नै सम्पन्न गर्ने बताए । शिक्षण अस्पतालमा मृतकका परिवारहरु पुगेका छन् । उनीहरु अस्पताल परिसरमा भावविह्वाेल अवस्थामा रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij