
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज सेयर बजार परिसूचक २७ दशमलव ३२ अंकले घटेर २५३६ दशमलव ११ को विन्दुमा पुगेको छ ।
आज ३११ कम्पनीका १ लाख ८८ हजार ८ सय ८५ पटकको कारोबारमा ४० करोड ७ लाख ४७ हजार २२६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १६ अर्ब २० करोड ८५ लाख ७७ हजार रुपैयाँ रहेको छ ।
१३ उपसमूहमध्ये होटल, पर्यटन र फाइनान्स कम्पनी बढ्दा ११ वटा घटेका छन् । ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ वटाको घटेको छ । त्यस्तै, २ वटा स्थिर रहेको छ ।
बुधबार दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij