Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

पूर्वराज्यमन्त्री राय हत्या प्रकरण: खटियो सिआइबीको टोली

पूर्वराज्यमन्त्री राय हत्या प्रकरण: खटियो सिआइबीको टोली

  • काठमाडौं । सर्लाहीमा पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली खटिएको छ ।

    images
    images
    images

    मंगलबार प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिनेक्रममा गृहमन्त्री लेखकले यस घटनाबारे  जानकारी गराएका छन् । अनुसन्धानका लागि सिआइबीबाट प्राविधिक टोली खटाएको उनले बताए ।

    ‘घटनाको थप अनुसन्धानका लागि मधेस प्रदेश प्रहरी कार्यालयबाट समेत प्रहरी टोली खटिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट सिनियर अफिसरको नेतृत्वमा प्राविधिक जनशक्तिसहितको टोली काठमाडौंबाट घटनास्थलतर्फ परिचालन भइसकेको छ,’ उनले भने ।

    सिआइबीबाट प्रहरी निरीक्षकको कमाण्डमा दुई जनाको प्राविधिक टोली अनुसन्धानमा सघाउनका लागि खटाइएको हो । 

    आइतबार राति चन्द्रनगर गाउँपालिका-१ स्थित रतनपुरमा रहेको फर्म हाउसमा उनको हत्या भएको हो । उनीमाथि उखु काट्ने धारिलो हतियार प्रयोग भएको प्रहरीले जनाएको छ । उक्त हतियार घटनास्थलबाट ५० मिटरको दुरीमा रहेको झाडीमा फेला परेको हो ।

    प्रहरीले हाल उनकै घरमा रहेका सहयोगीलाई नियन्त्रणमा लिएको छ । सहयोगी कविलासी नगरपालिका-३ स्थित मदनपुरका २१ वर्षीय रामउजैन राय यादव छन् । 

    उनले आइतबार राति तीन जना व्यक्तिहरू घरमा जग्गा विवाद मिलाइदिनुपर्‍यो भन्दै घरमा आएको देखेका थिए । उनीहरू आएपछि पूर्वमन्त्री रायले उनलाई सुत्न जानू भन्दै पठाएका थिए । 

    तर पछि उनी पिसाब फर्न निस्किँदा रायलाई मृत फेला पारेपछि घटनाबारे बाहिरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij