Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

निपाह भाइरसका कारण भारतमा एक जनाको मृत्यु

निपाह भाइरसका कारण भारतमा एक जनाको मृत्यु

  • काठमाडौं । भारतको केरल राज्यमा निपाह भाइरसका कारण १४ वर्षीय किशोरको मृत्यु भएको छ भने ६० जनालाई ‘हाइ रिस्क क्याटागोरी’मा राखिएको छ ।

    केरलको विभिन्न भागमा देखिएको यो भाइरस विश्वव्यापी रूपमा फैलिन सक्ने गत वर्ष रोयटर्सले गरेको एक अनुसन्धानले देखाएको थियो । करेलमा सो भाइरस संक्रमितको सम्पर्कमा भएका २१४ जनालाई प्राथमिक सूचीमा राखिएको र तीमध्ये ६० जना ‘हाइ रिस्क क्याटागोरी’मा भएको स्रोतले जनाइएको छ ।

    निपाह भाइरस चमेरो र सुँगुरबाट फैलिने बताइएको छ । यसले मानिसको गिदी सुन्निने तथा ज्वरो आउने हुन्छ ।  त्यसबाट जोगिन भ्याक्सिन नभएको र उपचार पनि नहुने जनाइएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij