
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । सरकारी सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम ठप्प भएको छ । आज बिहानबाटै सर्भरमा समस्या आएकाले सेवाग्राहीहरू समस्यामा छन् ।
देशभरका यातायात कार्यालयको काम प्रभावित भए पनि सेवाग्राही लाइनको लाइनमै छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका देशभरिका यातायात कार्यालयहरूको कामकारबाही प्रभावित भएको छ ।
यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले भने, ‘‘सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम प्रभावित भएको हो । सर्भर सिस्टममा ल्याउने काम भइरहेको छ ।’’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij