
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । सुनिल पौडेलमा अनियमित तरिकाले आम्दानी गरेको आरोपमा मुछिएका मध्येका एक हुन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक एवम् नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेलले एकपछि अर्को भ्रष्टचारको आरोपमा मुछिएका हुन् ।
उनले प्रचलित कानुन बमोजिम सिंगापुरको बैंकमा पैसा राखेका आरोपमा अर्को मुद्दा लागेको छ । राजश्व अनुसन्धानका क्रममा सुनील पौडेलले नेपालमा भ्रष्टचार गरेको रकम सिंगापुरको बैंकमा बचत गरेको पाइएको छ ।
अनुसन्धानको यही निचोडका आधारमा राजस्व अनुसन्धान विभागले पौडेलविरुद्ध अवैध विदेशी विनिमय सम्बन्धी अभियोगमा मुद्दा दायर गरेको छ । उनी विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij