Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

सरकारी बजेटबाट होटलमा भेला हुन प्रतिबन्ध

सरकारी बजेटबाट होटलमा भेला हुन प्रतिबन्ध

  • काठमाडौं । अर्थ मन्त्रालयले सरकारी खर्चमा होटलमा कार्यक्रम गर्न नपाएने बताएको छ ।  चालु आर्थिक वर्ष २०८१ /८२को लागि सार्वजनिक गरिएको बजेट कार्यान्वयन सम्बन्धी मार्ग निर्देशनमा होटलमा कार्यक्रम गर्न नपाइने व्यवस्था गरिएको हो ।

    सम्बन्धित सरकारी निकाय र मातहत निकायलाई बजेट कार्यान्वयनको लागि अर्थ मन्त्रालयले मार्गदर्शन सार्वजनिक गरेको हो । सरकारी खर्चमा सभा, सम्मेलन, गोष्ठी, सेमिनार, अन्तक्र्रिया जस्ता कार्यक्रम सञ्चालन गर्दा सरकारी निकायकै सभाहल प्रयोग गर्ने व्यवस्था मिलाउनुपर्ने पनि मार्गदर्शनमा उल्लेख छ ।

    यसैगरी मन्त्रालयले सम्बन्धित संस्था वा सरकारी सभाहल उपलब्ध हुन नसक्ने अवस्थामा अधिकतम मितव्ययी हुने गरी खर्च गर्न मार्गदर्शनमार्फत् निर्देशन दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij