Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एलपी ग्यासमा दोहोरो मूल्य कायम गर्ने योजनामा आयल निगम

एलपी ग्यासमा दोहोरो मूल्य कायम गर्ने योजनामा आयल निगम

  • काठमाडौं । खाना पकाउने एलपी ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी भएको छ। घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै मूल्य कायम गर्ने तयारी गरिएको नेपाल आयल निगमले जनाएको हो। 

    onlinepatrika
    Arghakhachi

    दुई थरी मूल्य तय गर्न कार्ययोजना बनाउन लागिएको निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले जानकारी दिए। उनकाअनुसार उपभोक्तालाई सहुलियत दिनका लागि दुई थरी मूल्य निर्धारण गर्ने तयारी गरेको छ। राष्ट्रिय परिचयपत्रका आधारमा ग्राहकलाई दोहोरो मूल्य कायम गरी सहुलियत दिने तयारी गरेको निगमले जनाएको छ। पाँचतारे होटेलदेखि सडक पेटीमा चिया बिक्री गर्ने र सर्वसाधारण उपभोक्तालाई एउटै मूल्य हुँदा उपभोक्ता मारमा परेका छन्।

    AGNI GROUP

    हाल घरायसी र व्यावसायिक प्रयोजनका लागि एउटै मूल्य कायम गरिएको हो। बजारमा खाना पकाउने एलपी ग्यासको मूल्य १ हजार ९ सय १० रुपैयाँ रहेको छ। एलपी ग्यासमा परल मूल्य कायम गरी घरायसी प्रयोजनमा उपभोग गर्नेलकाई ‘क्यास ब्याक’ गर्ने योजना रहेको निगमले जनाएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट