
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । दर्शन चिन्तक प्राडा गोपिलाल न्यौपानेले जनसंख्या वृद्धि गर्ने दिशातिर नगए अबको एक शताब्दीपछि नेपालको अस्तित्व नरहने खतरा रहेको बताएका छन् । उनले अहिले पनि पञ्चायतकालीन जनसंख्या नीतिले निरन्तरता पाउनुले देशको भविष्य भयावह उन्मुख रहेको दाबी गरेका हुन् ।
काठमाडौं जस्तो राजधानी सहरमा पनि विश्वमा सबैभन्दा कम जनघनत्व (३९५ प्रति वर्ग किलोमिटर) हुनु दुर्भाग्य भएको उनको भनाइ छ । उनले भने, ‘कहिले सडकपेटी सफा गर्ने बहाना, कहिले सुकुम्बासी त कहिले पार्किङको कारण देखाउँदै मान्छे लखेटिएको छ अनि कसरी बन्छ देश । भक्तपुरमा ३,६३१, सिंगापुर ८,४३०, ढाकामा १० हजार प्रतिवर्ग किलोमिटर जनघनत्व हुँदा काठमाडौँको तीन सय ९५ मात्रै छ, अनि कसरी जनसंख्या ज्यादा भयो ?’
जनसंख्याविद् नवराज थापाले देशको जनसंख्या घटी र बढीसँग भन्दा पनि त्यसको कसरी व्यवस्थापन गर्ने भन्ने कुरा मुख्य सरोकारको विषय भएको बताए । नेपालमा वर्तमान जनसंख्याको तथ्याङ्क अनुसार जन्मदर र मृत्युदर घट्न गएको र निर्भर भन्दा काम गर्ने उमेरका जनसंख्याको हिस्सा बढी भए पनि देशको राजनीतिक अस्थिरताको कारण त्यसको समुचित उपयोग नहुनु दुर्भाग्य भएको थापाले बताए ।
उनले अघिल्लो जनगणनाको तुलनामा पछिल्ला दशकमा जनसंख्या वृद्धिदर घट्दै गएको र वृद्ध–बृद्धाहरुको संख्यामा वृद्धि हुने र उत्पादनशील जनशक्ति विदेश पलायन हुनुले देशको भविष्य संकटउन्मुख रहेकोप्रति पनि चिन्ता व्यक्त गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij