Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

दक्षिणकालीको थाई गुम्बाको पर्खाल भत्किँदा ६ बालिका घाइते

दक्षिणकालीको थाई गुम्बाको पर्खाल भत्किँदा ६ बालिका घाइते

  • काठमाडौं । काठमाडौं दक्षिणकाली नगरपालिका–५ मा रहेको थाई गुम्बाको पर्खाल भत्किँदा ६ नाबालिका घाइते भएका छन् ।  

    images
    images
    images

    पर्खाल भत्किएर पुरिएका उनीहरूको उद्धार गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए । 

    दिउँसो ३ बजेर ५० मिनेटमा पर्खाल भत्किँदा ६ जना नाबालिका पुरिएका थिए । तत्काल इलाका प्रहरी कार्यालय फर्पिङबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उनीहरुको उद्धार गरेको थियो ।

    उद्धार गरिएका मध्ये ५ जनालाई बल्खुस्थित बयोधा अस्पताल पठाइएको छ । यस्तै, एक जनालाई दक्षिणकालीकै मनमोहन अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij