Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

त्रिशूलीमा बेपत्ता दुवै बसमा सवार यात्रुको पहिचान खुल्यो

त्रिशूलीमा बेपत्ता दुवै बसमा सवार यात्रुको पहिचान खुल्यो

  • काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले पुरिएर त्रिशूली नदीमा बेपत्ता दुवै बसमा सवार यात्रुको पहिचान खुलेको छ । गणपति डिलक्स र एन्जल डिलक्स बसमा सवार यात्रुहरूको पहिचान खुलेको हो ।

    बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौं गइरहेको एन्जल बसमा चालक/सहचालकसहित २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ३१ जना यात्रु सवार थिए । ​

    काठमाडौंस्थित गणपति बसका टिकट बुकिङ इञ्चार्ज दीपु कुमारका अनुसार काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक र यात्रुगरी जम्मा ३१ जना थिए । 

    काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बसबाट ३ जना यात्रु हाम फालेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान साढे ३ बजेतिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    दीपुका अनुसार एकजना यात्रु काठमाडौंकै काउन्टरबाट र अर्को बीच बाटोबाट चढेका थिए । बस किशोरकुमार चौधरीले चलाएको उनले बताए । 

    यात्रुमध्ये गौरको इनरवारीका धेरै थिए । बसमा एक दम्पतीको चारजना बच्चा समेत रहेको जानकारी दीपुले दिए ।  

    सवार यात्रुको सूची:

    null

    यस्तै, बेपत्ता एन्जल डिलक्स बस वीरगञ्चबाट चालकसहित २४ जना यात्रु लिएर काठमाडौं‌का लागि छुटेको खुलेको छ । त्यसमा केही यात्रु भारतीय पनि थिए ।

    प्रदेश ०३००६ ख १५१६ नं. को सो बसमा बीच बाटोमा यात्रु चढेका थिए वा थिएनन् भन्ने यकिन भइसकेको छैन । 

    चालक जवाहिर महतोले हाँकेको बस वीरगञ्जबाट बिहीबार साँझ ८ बजे काठमाडौंका लागि छुटेको थियो । बसमा चालक र सहचालकसहित २४ जना सवार थिए । उनीहरूको पहिचान भएको छ । 

    त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्यका लागि सशस्त्र प्रहरी बलका ७ गोताखोरसहित ७० जनाकाे टोली खटिएकाे छ । सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको हो । 

    अविरल वर्षाका कारण शुक्रबार बिहान करिब ३ बजेको समयमा चितवन भरतपुर नगरपालिका–२९ सिमलताल भन्ने ठाउँमा पहिरो खस्दा दुईवटा बस त्रिशुलीमा खसेर बेपत्ता भएका छन् ।

    सवार यात्रुको सूची:

    null

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij