Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

रवि लामिछानेको नाम लिएर भिजिट भिसामा दबाब दिने गृहका कर्मचारी पक्राउ

रवि लामिछानेको नाम लिएर भिजिट भिसामा दबाब दिने गृहका कर्मचारी पक्राउ

  • काठमाडौं । गृहमन्त्री र गृहसचिवको नाम लिँदै भिजिट भिसामा विदेश पठाउन दबाब दिने गृहमन्त्रालयका कर्मचारी पक्राउ परेका छन् ।

    images
    images
    images

    निर्मल विष्टलाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी ओम रानाले जानकारी दिए ।

    उनले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई फोन गरेर भिजिट भिसामा विदेश पठाउन दबाब दिने गरेका थिए ।

    असार २१ गते थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न भनेर अध्यागमनका अधिकृत पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएका थिए । उनले गृहमा यसबारे रिपोर्ट गरेपछि दबाब दिने व्यक्ति गृहमन्त्रालयकै रहेको खुलेको हो ।

    बुधबार मात्र उनलाई सेवाबाट हटाइएको थियो । विष्ट २०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा गृह मन्त्रालयमा कार्यरत थिए।

    अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij