Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

भाडा नतिर्ने सात वटा टहरामा गुठीले लगायो ताल्चा

भाडा नतिर्ने सात वटा टहरामा गुठीले लगायो ताल्चा

  • काठमाडौं। जुम्लाको चन्दननाथ भैरवनाथ गुठीको जग्गामा सञ्चालित भाडा नतिर्ने सात वटा टहरामा ताला लगाइएको छ । ६ महिनादेखि १८ महिना सम्मको भाडा नतिर्ने टहरामा गुठि व्यवस्थापन समितिले ताला लगाएको हो । 

    जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र सरोकारवालाहरूको अगुवाइमा ७ वटा टहरामा ताला लगाएको छ । चन्दननाथ भैरबनाथ गुठि व्यवस्थापन समितिसंग भएको सम्झौता अनुसार विभिन्न व्यापार व्यवसाय संचालन गरेर लामो समयसम्म भाडा नतिर्ने व्यापारीको टहरामा ताला लगाइएको हो ।

    सयौ जनालाई गुठिको जग्गा व्यवसायीक प्रयोजनका लागि भाडामा दिइएको छ । तर अधिकांश व्यापारीले भाडाको जग्गामा पक्की संरचना बनाएर बसेका छन् । सम्झौतानुसार लामो समय सम्म भाडा नदिने र ताकेता गर्दा पनि अटेरी गर्ने व्यापारीको टहरामा, जिल्ला प्रशासन कार्यालय,सुरक्षा निकाय र सरोकारवालाहरूको सहभागीतामा तालाबन्दी गरिएको चन्दननाथ भैरबनाथ गुठि व्यवस्थापन समितिका अध्यक्ष अम्मर बहादुर थापाले जानकार दिए ।

    उनका अनुसार गुठिको जग्गामा बनेका चन्दननाथ नगरपालिका वडा नं.५ स्थित कालेखोली लाईनमा रहेका ६ वटा टहरामा ताला लगाइएको हो । कालेखोली क्षेत्रमा गुठिको जग्गमा ३६ वटा टहरा संचालन छन् । ३६ वटा मध्य १० वटा टहराले निकै लामो समयदेखि भाडा तिरेका छैनन् । उनीरुलाई पनि अल्टीमेटम दिईएको छ । यदी चाडै भाढा नबुझाए त्यहा पनि ताला लगाईने छ । नाम हटरा भनिएपनि संचरना निकै ठुला र पक्की भवन बनेका छन् । झट्ट गुठिको जग्गा भन्दा नीजि जस्तो देखिन्छ ।

    सात महिना देखिदेखि अधिकतम १८ महिनासम्मको भाडा तिर्न बाँकी रहेको छ। सम्झौतानुसार लामो समयसम्म भाडा नदिने र ताकेता गर्दा पनि अटेरी गर्ने व्यापारीको टहरामा तालाबन्दी गरिएको चन्दननाथ भैरबनाथ गुठीका कोषाअध्यक्ष नवराज श्रेष्ठले बताए। उक्त टहराबाट २१ लाख २१ हजार ५ सय ३६ रुपैयाँ उठ्नुपर्नेछ। चन्दननाथ नगरपालिका-५ स्थित कालेखोली लाईनमा रहेका ७ वटा टहरामा ताला लगाइएको हो। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij